pratinidhi belgium प्रतिनिधि बेल्जियम

नेपाल फर्कन्छु म -लक्ष्मण देवकोटा
सूर्यास्त भो अन्धकार भो यो भूमी उज्यालो, बिहानी तर्कन्छु म

चाहिएन तिम्रो यो विलासिला छिनभरको, नेपाल फर्कन्छु म

पातपतकरमा सँगीत गरागरा, मेरा हरिया खेतहरु

पतझड ती वनका मियाल सिमली, हरिया पखेरा भेकहरु

बोल्यो कसैले मातृभूमी विरुद्ध एक बोली, झन्झन्ती झर्कन्छु म

चाहिएन नक्कली यो अभिनय जीवन एकरति, नेपाल फर्कन्छु म

चाँदी झैँ टल्कने हिमशिखर लहरभरी, यादमा कल्पिदैछन्

नृत्यमा वनभरी मजूर वनचरा, याद पुराना झल्किदैछन्

कल्पेर वर्तमान छिन्न मनहरु, विछिन्न चर्कन्छु म

मेरै गाईगोठ सुन्दर, कुरुप यी महलहरु, नेपाल फर्कन्छु म

मेटिएला कि माटो परिचय भूमीको, झगडा भाइ धुरीको

मेटिएला कि जात विजात भूगोल विषम, नमेटिने दूरी त्यो

लर्कन्न कृतिम तिम्रा हिमबागमा, मेरै हिमाल लर्कन्छु म

सन्तुष्टी एकछाकमै आनन्द मनभरी, नेपाल फर्कन्छु म

मदनपोखरा ७, पाल्पा

कवितामै बित्यो छ दशक-जयदेव भट्टराई
स्कुल पढ्दा नै कविता लेख्न थाल्ने उहाँ अझै पनि कविता लेख्दै हुनुहुन्छ। ७३  वर्षे जीवनमा आइसक्दा सिर्जना र साधनाको माध्यमबाट चुलिइसक्नुभएका उहाँ  भनिदिनुहुन्छ, ”मैले त्यस्तो केही गरेजस्तो लाग्दैन, जसका लागि मेरो चर्चा गर्न  परोस्।” चर्चा र प्रचारबाट टाढिन खोज्ने उहाँ स्वभावैले त्यस्तो हुनुहुन्छ। उहाँकै  कविताजस्तै अरूभन्दा पृथक, अरूभन्दा अलग, अरूभन्दा भिन्न र अरूभन्दा फरक।

“वाद, गुट र परिभाषाजस्ता गन्थनदेखि कविता पर र अलग्गै छ। म वैयक्तिक  सर्वोच्चतामा विश्वास गर्ने मान्छे हुँ। त्यसैले मेरा कविताहरूमा मेरो सोचाइ, मेरो  विचार आउँछ।

कविताका बारेमा यसरी अभिव्यक्ति दिने कृष्णभक्त श्रेष्ठले नेपाली साहित्यमा  कविता केन्दि्रत लेखनीलाई निरन्तरता दिनुभएको छ। पत्रकारिता र कवितालाई सँगै  डोर्‍याएर लामो समय व्यतीत गर्ने श्रेष्ठ यतिखेर पत्रकारिताबाट विश्राम लिएजस्तै  हुनुभएको छ। कविता लेखनलाई निरन्तरता दिइरहनुभएको छ, यद्यपि प्रकाशनमा भने उहाँले  चासो देखाउनुभएको छैन। किन ?

“म कवितामा पुनरावृत्ति नहोस् भन्ने कुरामा सचेत छु। मैले लघुचिन्तन भनेर  छोटाछोटा कविता लेखेंर त्यसको सङ्ग्रह निकाल्ने सोच पनि थियो, अहिले छैन। यही  पुनरावृत्ति होला कि भन्ने डरले प्रकाशन गर्न नखोजेको हो।”

श्रेष्ठले १३ वर्षको उमेरमै पहिला कविता ‘भारती’मा छपाउनुभयो। ६० वर्षे  साहित्यिक यात्रामा चार कवितासङ्ग्रह प्रकाशन गर्ने उहाँ लेखन र प्रकाशनमा त्यति  हतारिन हुन्न भन्ने प्रस्ट हुन्छ। काठमाडौँको ठमेलमा जन्मिनुभएका उहाँले वि.सं.  २००९ सालबाट साहित्य यात्रा थाल्नुभयो भने पत्रकारिताको आरम्भ २०२१ प्रकाशन थालिएको  अङ्गे्रजी साप्ताहिक ‘दि नेप्लिज पर्सपेक्टिभ’मा संलग्न भएर गर्नुभयो। पत्रकारिता  यात्रामा ‘गोरखापत्र’का प्रधानसम्पादक, मधुपर्क मासिकको प्रधानसम्पादक हुने उहाँ ३०  वर्षे पत्रकारितामा गोरखापत्र संस्थानको महाप्रबन्धकसमेत हुनुभयो।

जीवनको तीन दशक पत्रकारितामै बिताउने श्रेष्ठ अङ्गे्रजीमा एमए गरेर बसिसके पनि  जागिर खाने सुरमा भने हुनुहुन्नथ्यो। घरमा बुबालाई हृदयघात भएपछि आफूभन्दा सानाको  रेखदेख गर्नुपर्ने र घर हेर्नुपर्ने भएपछि उहाँ जागिरे जीवनमा जोडिनुभयो। साथै  उहाँले केही समय अध्यापन पनि गर्नुभयो। पत्रकारिता र साहित्य दुवैमा आफू सफल बन्न  नसकेको कुरा उहाँ सहजै भन्नुहुन्छ। “मेरो पत्रकारिता जीवनमा केही गरौँ भन्ने बेलामा  मैले चाहेर पनि गर्न सकिनँ। म कुनै राजनीतिक दलविशेषको मान्छे नभएकाले सहयोग पाउन  सकिनँ। साहित्यमा कलम चलाउँदा १६औँ देखि २१औँ शताब्दीसम्मका कविको प्रभावमा  लेख्नेहरू एकै थलोमा बसेर लेख्थ्यौँ हामी। यो चरणमा महाकवि देवकोटा, गोपालप्रसाद  रिमाल अलि नजिक थिए हामीसँग। हामीले अभिव्यक्तिको माध्यम व्यापक गर्न खोज्यौँ, आˆनो  पाठक आफँै बनाउन खोज्यौँ तर हामीले आˆनो पाठकको सिर्जना गर्न सकेनौँ। यिनै कारणले  सफल हुन सकेनौँ।”

०३३ मा ‘कृष्णभक्त श्रेष्ठका कविता’, ०५२ मा मान्छेको कथा, ०६० मा रातको दस बजे  र ०६१ मा ‘ठूलो मान्छे’ जस्ता कवितासङ्ग्रह प्रकाशमा ल्याउनुभयो उहाँले। नेपाली  लेखक सङ्घका सदस्य, रोदी र अमलेखका संस्थापक सदस्य उहाँ नेपाल साहित्यकार संसद्का  संस्थापक सदस्य सचिवसमेत हुनुभयो। साहित्यमा कविता विधामै केन्दि्रत भएर लेख्ने  कृष्णभक्त श्रेष्ठ आफूले कविताबाहेक संस्मरणमा कलम चलाउन खोजे पनि पूर्वाग्रही  होइएला कि भन्ने डरले त्यतातिर कलम चलाउन मन नमानेको बताउनुहुन्छ। संस्मरण लेख्न  धेरैले जोड गरे पनि डायरी लेख्ने बानी नभएकाले तिथिमिति यकिन गर्न गाह्रो पर्ने  हुँदा अरू विधामा कलम चलाउन नखोज्ने उहाँ भन्नुहुन्छ, “जीवनमा मैले कहिल्यै आˆनो  कविता त कण्ठ गर्न सकिनँ भने संस्मरण लेख्ने त कुरै आएन।”

जीवनमा साहित्य र पत्रकारितामा योगदान दिए पनि कवि श्रेष्ठ ओझेल परेजस्तै  हुनुभएको छ अचेल। नयाँसडकको पीपलबोटमा साथीभाइमाझ गफिएर बस्ने, सभासमारोहमा  देखापर्ने उहाँ अचेल यी सबबाट टाढिनुभएको छ। लेखेर राखेका रचना र कृतिसमेत छपाउने  जाँगर छैन उहाँमा। ‘मिडिया’का कारण कतिपय स्रष्टाहरू कहाँबाट कहाँ पुगिसके उहाँ भने  मौन बस्नुभएको छ। केका

लागि ? किन उहाँलाई ओझेल पारिँदै छ ?

“मलाई कसैले ओझेल पारेका होइन, म स्वयम् ओझेलमा बसेको हुँ। हाम्रो समयमा पनि  ‘प्रचार’को चलन थियो। समूह बनाएर एकले अर्कोको प्रशंसा गर्ने गर्थे। यो मानवीय  स्वभावै हो।” मैले जीवनमा कहिल्यै आˆना कृतिहरूमा अरूलाई भूमिका लेखाइनँ। कहिल्यै  पनि आˆना कृति समीक्षार्थ दिइनँ। मलाई लाग्छ, समीक्षा गर्न योग्य छ भने त किनेर पनि  गरिहाल्छन् नि।”

“कृष्णभक्त श्रेष्ठका कविता सरल शैली र पदावलीमा अभिव्यक्त हुन्छन् र स्थानीय  तथा राष्ट्रिय अवस्थामा आधारित भए पनि विश्व समस्या, सभ्यता र जीवन दर्शन बोल्छन्।  युगको त्रास, मूल्यहीनता, निस्सारता, परम्पराको बोझ, शोषण, अस्थिरता र अनिश्चितताले  कविलाई संसार श्मशानजस्तै देखाएको छ र मानवलाई निष्प्राण। जीवन र जगत्प्रति कविको  व्यङ्ग्य कहिलेकाहीँ उत्तिकै तीक्ष्ण भएर निस्कन्छ।”

साझा कवितामा सम्पादक डा. चूडामणि बन्धुले भन्नुभएजस्तै कवि कृष्णभक्त श्रेष्ठको  मौनता कतै जीवन र जगत्प्रति उहाँको व्यङ्ग्य त होइन ?

अमलेखमा संलग्नता, मुकुटको प्रत्येक अङ्कमा एकएक साहित्यिक वादलाई महत्त्व दिएर  प्रकाशित गर्ने क्रम, नेपाल साहित्यकार संसद्सँगको संलग्नता, आˆनो पाठक आफैँ  बनाउनुपर्छ भन्ने अभियान यी सबैमा सफल हुन नसकेको जस्ता कुरा उहाँ निर्धक्क  भनिदिनुहुन्छ। जीवनको अधिकांश समय ठमेलमै बिताउने कृष्णभक्त श्रेष्ठ केही वर्षदेखि  धुम्बाराहीमा बस्दै आइरहनुभएको छ। झट्ट हेर्दा कडा मिजासका जस्ता लागे पनि सरल र  उदार कृष्णभक्त सहजै भनिदिनुहुन्छ, “म अलि अहम्वादी पनि हँु। म आˆनो परिचय गराउन  त्यति रुचाउन्न। म प्रचारमुखी हुन रुचाउँदिनँ।” मनमा लागेका कुरा सहजै भनिदिने  कृष्णभक्तजस्ता व्यक्तित्व हम्मेसी पाइँदैन। मान्छे यथार्थ त्यति रुचाउँदैन, प्रचार  रुचाउँछ, प्रशंसा रुचाउँछ, कृष्णभक्त श्रेष्ठ प्रचार र प्रशंसा रुचाउनुहुन्न,  यथार्थ रुचाउनुहुन्छ।

व्यथित काव्य सम्मान, महाकवि देवकोटा सम्मान, हरिहर शास्त्री सावित्रीदेवी  पुरस्कारबाट सम्मानित कृष्णभक्त श्रेष्ठ नेपाली कविता क्षेत्रका सफल र सशक्त कविका  रूपमा चिनिनुभएको छ, सम्मानित हुनुहुन्छ। नेपाली र अङ्ग्रेजी भाषामा ३० वर्ष  पत्रकारिता गर्ने, साहित्यमा ६० वर्ष बिताउने, असल शिक्षक र स्वाभिमानी व्यक्तित्व  बनाउन सफल श्रेष्ठले आफूलाई सफल नभने पनि हामीले भन्नैपर्छ उहाँ सफल हो। उहाँले  प्रचार र प्रशंसा नचाहे पनि हामीले उहाँको सिर्जना र साधनाको प्रशंसा गर्नैपर्छ,  प्रचार गर्नैपर्छ जसले कवितामै ६ दशक बिताइसक्नुभयो।  á

म फर्के पछी…
न बोके चिन्ताको विषम पगरी व्याकुल बनी

नरोए है कैल्यै घटित घटना मन्मन गुनी  ।

गएका हुन पुर्खा अब पनि पछीका सव जना

अबश्यै जाने छन् बुझ र गर है  शान्ति–जपना ।।

गए ती नाङ्गै नै निठुर बिधिको भैकन वश

लगेरे त्यो नै जो अवचय थियो पुण्य–कलुष  ।

न पर्नु भ्रान्तिमा शुभगति दिने कर्म गरनु

अडी मर्यादामा सम–बिषमता पूर्ण  चिननु ।।

गरी व्याख्या आफै अनुगमन औचित्य बुझनु

उदाए अस्ताए किन रवि शशी तर्क गरनु  ।

गरी पूर्णै वाँकी कवि–करम सेवाज्ञ बननु

सुधारी सौमाली (परंपरा) नियमसित  सामाजिक हुनु ।।

न मिल्दा थोत्रा ती रिति चलन संशोधन गरी

सिँगार्नु आगामी दिवस रजनी मारुत सरी  ।

समस्या सुल्झाई छलफल गरी सत्य न भुली

नया यात्रा गर्नु समय सित नै पूर्णतः  मिली ।।

अहो यस्तो वार्ता कवि र कवयित्री जव गरे

दुई थोपा आँसु विषय–बवुराका पनि झरे  ।

सबै तारा हाँसी टिल पिल गरी स्वागत गरे

मुसारीन् रात्रीले तनय–दुहिता  वान्धव हरे ।

लक्ष्मीराज शर्मा पौडेल

कुश्मा पर्बत

लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरद्वारा पाँच स्रष्टा सम्मानित
काठमाडौँ। लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले यस वर्षको विभिन्न विधाका  पाँच स्रष्टालाई सम्मान गरेको छ।

सहित्यकला मन्दिरद्वारा आयोजित सम्मान  समारोहमा गङ्गादेवी चौधरी स्मृति सम्म्ाान सामाजसेवी तथा वरिष्ठ राजनीतिज्ञ साहना  प्रधानलाई, इतिहास शिरोमणि बाबुराम आचार्य शोधसम्मान भाषाविद् प्रा.डा. योगेन्द्र  यादवलाई, सरस्वती सम्मान मास्टर जीवनरत्न शाक्यलाई, नारायण गोपाल सङ्गीत सम्मान  सङ्गीतकर्मी मीरा राणालाई र नेपाल नवप्रतिभा पुरस्कार साहित्यकार/कवि ठाकुर  बेल्बासेलाई प्रदान गरिएको हो।

उहाँहरू सबै स्रष्टाहरूलाई साहित्यकार गीता  केशरीले दोसल्लासहित सम्मानपत्र र क्रमशः प्रधानलाई रु एक लाख, प्रा.डा.यादव,  मास्टर शाक्य र सङ्गीतकर्मी राणालाई रु.५१ हजार र साहित्यकार बेल्बासेलाई रु.२५  हजारले सम्मान गर्नुभएको थियो।

सम्मान श्रृङ्खलाको १७ वर्षको अवधिमा हालसम्म  गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले नेपाली साहित्य, कला र अन्य विधाका ५७ जना  अग्रणीहरूलाई सम्मान गरिसकेको छ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै सहित्यकार  गीता केशरीले समाजसेवी, सर्जकहरूलाई सम्मान गर्नु राष्ट्रको सम्मान भएको बताउँदै  देशको प्रतिभालाई सम्मानले कला र साहित्य संरक्षणमा मद्दत पुग्ने विश्वास व्यक्त  गर्नुभयो।

सम्मानित भाषाविद् प्रा.डा.योगेन्द्र यादवले भाषा देशको मौलिक साधन  भएको उल्लेख गर्दै नेपालमा बोलिने ९३ भाषामध्ये अधिकांश भाषाहरू लोप हुन लागेको  उल्लेख गर्दै संरक्षणका लागि पहल गर्नुपर्नेमा जोड दिनुभयो।

लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरको १७ औं स्रष्टा–सम्मान समारोह  एवम् संस्थाका अध्यक्ष वसन्तकुमार चौधरीले गङ्गादेवी चौधरीलाई स्मरण गर्दै भविष्यमा  साहित्य, कलाको विकासमा निरन्तर लागि रहने प्रतिवद्धता व्यक्त गर्नुभयो।

पुस्तक समीक्षा: मनुका मन छुने कविता-कृष्ण अविरल
“म मनु मन्जिलका कविता असाध्यै मन पराउँछु । उसले लेखेको ‘दुश्मन’ र ‘उनी कविता  जीवनको रङले लेख्छिन्’ पढेपछि त मलाई कम्ती आरिस लागेन । त्यस्तो कविता मैले  पहिल्यै किन नलेखेको होला भनेर आफैँसँग रिस उठेर आयो । केही महिनाअघि इटहरी गएको  बेला भेटेर मैले उसलाई यो कुरा सुनाएँ । उसले त ‘कहाँ दाइ, मैले नयाँ काम कहाँ  गरेको हो र ? तपाईँको शैली पो पछ्याएको हुँ’ भनेर उल्टै फुक्र्याउन पो खोज्यो….।  अनि त झन् रिसाइदिएँ….।”

गएको वैशाखको तेस्रो साता खोटाङ सदरमुकाम दिक्तेलबाट तीन घन्टा  पैदलको दूरीमा पर्ने बुइपामा भेटिएका कवि जसराज किराँतीका बोली हुन् यी । कवि  मन्जुलका शब्दमा ‘कविहरुका पनि कवि’ किराँतीका उपरोक्त कथन सुनेपछि काठमाडौं आई  नपुगुन्जेलसम्म छटपटाइ रहेँ । वैचैनी हुर्काइरहेँ । आउनासाथ मनुको कवितासङ्ग्रह  ‘ल्याम्प-पोष्टबाट खसेको जून’ पाँचौँपल्ट पल्टाउन थालेँ, मन बेस्सरी चिमोटियो ।  सोचेँ, पढेर कहिल्यै तृप्ति नहुने कस्तो रस होला !

कवि मन्जिलसँग २०६४ सालतिर साक्षात्कार भएको थियो, ‘जल्लादको मन’ उपन्यासको  सम्पादनका सिलसिलामा इटहरी पुगेका बेला । पुस्तकका सम्पादक दिनेश पौडेलमार्फत्  पाएको मनुको पहिलो कविता संग्रह ‘आँधीको आवेग’ पढेपछि मलाई लाग्यो- आखिर सरल बिम्ब  प्रयोग गरेर पनि सुन्दर र कालजयी कविता सिर्जना गर्न सकिने रहेछ….। तर पछिल्लो  पुस्ताका कविहरु किन दुर्बोद्यतिर लहसिएका होलान् !

उनीसँगको साक्षात्कारपछि त अर्को कारणले पनि छटपटिएको थिएँ, मेरो पुस्ताका यी  अब्बल कवि किन ओझेल परेका होलान् भनेर । त्यही कारण होला हरेक साहित्यिक भेटघाट र  रेडियो-वार्ताहरुमा स-गर्व उनको नाम लिन पुग्थेँ । धन्य भन्नुपर्छ- मोफसलमा रहेर  राजधानीलाई कवितात्मक हाँक दिइरहेका यी कविलाई काठमाडौंले धेरै चाँडै चिन्यो,  साहित्यमा सार्क युवा पुरस्कार २०११ प्राप्त गरेपछि । केही महिनाअघि उनको दोस्रो  कविता कृति ‘ल्याम्प-पोष्टबाट खसेको जून’ निस्केपछि अहिले उनी काठमाडौंका अखबारमा  राम्रैसँग छाउन थालेका छन् । यसबाट नबुझिने कविता लेखन-संस्कार ओझेल परेको र सरल  कविता लेखन पुनः बौरिएको अनुभूत भइरहेछ ।

अहिले पनि कतिपय कविता प्रेमीहरु महाकविको ‘पागल’, भूपि शेरचनको ‘घुम्ने मेचमाथि  अन्धो मान्छे’, गोपालप्रसाद रिमालको ‘आमाको सपना’ आदिको चर्चा गर्छन् । कवि शिरोमणि  र राष्ट्रकविका कतिपय कविता पंक्तिहरु कन्ठस्थ गर्नेहरु पनि प्रशस्तै भेटिन्छन् ।  तर मध्य-पुस्ताका मै हूँ भन्ने कविहरुका कविता पाठकले छिचोल्नै सकेन । कविता जव  मनले पढिँदैन, स्मरणमा रहन पनि सक्तैन । त्यही कारण पनि कविताबाट पाठक टाढिन पुगे ।  कविहरु पनि आफ्नै सीमान्त क्षेत्रमा छाडिन पुगे । बढी लेखिने र सबैभन्दा कम पढिने  विधाका रुपमा टाक्सिन पुग्यो कविता । अनि घाटा चैं नेपाली साहित्यलाई भयो ।

तर मनु मन्जिलको आगमनसँगै सरल कविता लेखन बौरिएको छ । साधारण बिम्बहरुलाई प्रयोग  गरेर सामान्य विषयमा पनि चोटिलो प्रस्तुति दिएर पाठकको मनमा आँधी नै उत्पन्न गराउने  कविताका सर्जक मनु र उनका दौंतरीहरुसँग तीन वर्षअघि इटहरीको एउटा कार्यक्रममा  साक्षात्कार गरेपछि पंक्तिकार छक्कै परेको थियो । अनि बोलेको थियो, ‘मनुलाई मैले  मेरो पुस्ताका अब्बल कवि मान्दै आएको छु तर यहाँ त मनुलाई चुनौती दिने एकसे एक  कविहरु पो तयार भइसकेको रहेछन् ।’

सत्य पनि हो, अगुवा बलियो हुने हो भने अनुयायीहरु झनै प्रखर भएर निस्कन्छन् ।  कुनै बेला सरुभक्तले पोखरामा थालेको मुक्तक अभियानले त्यस भेकमा एकसे एक मुक्तककार  जन्मायो । धरावासीले झापामा थालेको आख्यान अगुवाइले भक्त खपाङ्गी, कृष्ण बराल,  रश्मिशेखर, कुमार भट्टराईजस्ता प्रतिभाशालीहरुलाई अझ प्रखर बनायो । त्यही काम अहिले  मनुले कवितामा इटहरी र काठमाडौंमा एकसाथ गरिरहेका छन् ।

निश्चित छ अब कुनै दिन बाघ

इतिहासमा पसेको खबर छापिने छ

अखबारमा ।

छुन नसकिने त्यो सौन्दर्य रहने छैन

पुग्न नसकिने ओढारहरु रहने छैनन ।

(बाघ-०५९)

तात्कालीन राजा ज्ञानेन्द्रको निरंकुश शासनका बेला मनुले लेखेको ‘बाघ-०५९’  शीर्षकको कवितालाई उनको अहिलेसम्मकै अब्बल कविता मान्नेहरु पनि धेरै छन् । खासगरी  ज्ञानेन्द्र नारायणहिटी भित्र विराजमान रहेकै बेला उनको वनवास निश्चित भएको उद्घोष  गर्ने यी कविले त्यसबेला खासै चर्चा पाएनन् ।

कुनै सिर्जनाले मनमा हुटहुटी जगाउँछ, जलन उत्पन्न गराउँछ अनि नयाँ सिर्जनाका  लागि उत्प्रेरणा दिलाउँछ भने त्यो अब्बलकोटिको सिर्जना हो, पंक्तिकारको बुझाइमा ।  हो, मनुका प्रत्येक कविताले त्यही सामथ्र्य राख्छन् । जस्तै मै हुँ भन्नेको मनमा  पनि भावनाको छाललाई डाक्छन् । ढुक्कसँग भन्न सकिन्छ, ‘ल्याप्प-पोष्टबाट खसेको जून’  भित्र हृदयले पढिने र पाठकको मनमा सधैँ अडिने कविता समेटिएका छन् ।

मेरो यो सानो संसार लेख्ने उनै हुन्

जीवनको रङले कविता लेख्ने उनै हुन्

मेरो यो ओज, मेरो यो आभा लेख्ने पनि उनै हुन्

र नबिर्सी हरदिन एक पंक्ति जीउँदो रहेको कुरा

गुराँसले सिउँदामा लेख्ने पनि उनै हुन्

-उनी कविता जीवनको रङले लेख्छिन्)

उनी कवितामा देखाइलाई लेख्छन्, भोगाइलाई लेख्छन् अनि दुखाइलाई लेख्छन् । जे  लेख्छन् मन छुने गरी लेख्छन् । विदेशी साहित्य असाध्यै धेरै छिचोलेका एसओएस  बालग्राम इटहरीका यी शिक्षक साधारण विम्बहरुलाई कलात्मक प्रस्तुति दिन असाध्यै  सिपालु छन् । त्यसैले यिनका कविता गुलावका पत्रहरु जस्ता, कलिला वालकहरुका ओठ जस्ता  लाग्छन् ।

मनुको यो कृति भित्र केही कमजोरी पनि छन् । खासगरी मनुमाथि कविता सिर्जनामा  देशको समसामयिक राजनीति, सामाजिक विसंगतिबाट टाढा बसेको आरोप लगाउनेहरु पनि छन् ।  ‘केटाकेटीहरु’ जस्ता कमजोर कविता पनि समेटेको गुनासो गर्नेहरु पनि भेटिए ।

आम मानिसले वेवास्ता गरेका सामान्य विषयवस्तु टिपेर पनि सुन्दर वान्की दिने खुवी  भएका यी कुमाले-कविले ‘गाउँले एक वालक सम्झेर’ शीर्षकमा द्वन्द्वपीडित टुहुरो  वालकको मनोदशाको चित्रण गरेका छन् । वालक भेटिनासँथ आमाबाबुका बारेमा सोध्ने हाम्रो  बानी त्याग्न सुझाएका छन् । ‘दुश्मन’ मा दक्षिणको छिमेकी मुलुकको हेपाहा व्यवहारको  काब्यात्मक चित्रण गरेका छन् । ‘वलवान वैरीको खोजीमा छु’ शीर्षक कवितामा पनि त्यही  भाव अझ वेजोड ढंगमा प्रकट छ । कूल ४५ वटा कविता समेटिएको यो संग्रहमा कविहरु  कृष्णभूषण वल र मोहन कोइराला प्रति समर्पित कविता पनि छन् । ‘यो शहर कस्को हो ?’ मा  उनले जर्मन कवि हान्स उलरिख त्राइखेलको प्रश्नको जवाफ दिएका छन् । ‘घरको आँधी’ मा  उनी पाठकलाई हदैसम्मको वेचैनीमा धकेली दिन्छन्-

उनी रिसाउँदा घर भित्र एउटा आँधी पस्छ

झ्याल-ढोका र थाल र रिकापीहरु

मस्तिष्क चर्किने गरी बज्छन् ।

अघिल्लो कृति ‘आधीको आवेग’ भित्रका आधा बढी कविता पछिल्लो संग्रहमा नकोचेको भए  मूल्य तिरेर पुस्तक खरिद गर्ने पाठक माथि न्याय हुन सक्थ्यो । प्रकाशक  फाइनपि्रन्टको यही कमजोरीका कारण यो संग्रह २०६८ को उत्कृष्ट कविता कृति बन्नबाट  चुकेको छ । एक सय २० पेजको कविताको मूल्य १९९ रुपैयाँ राखेर पाठकको ढाड सकेको छ ।  यद्यपि यति भइकन पनि यो कृतिले समकालीन कविहरुलाई पाठकको मनमा बस्न सरल कविता  लेख्नु पर्छ भन्ने चेत दिलाएको कुरालाई सायदै कसैले इन्कार गर्ला ।

कृति: ल्याम्प-पोष्टबाट खसेको जून

प्रकाशक: फाइनप्रिन्ट

पृष्ठ: १९ र १०१

मूल्य: १९९।-

Onlinekhabar

मैले पढेको यो कृति – हरि घिमिरे
एउटा भर्खर प्रकाशित भएको डा.कुमारप्रसाद कोइरालाको ‘आख्यान विमर्श’ पुस्तक मेरो  हात पर्योि र पढ्दै गएँ। आख्यानको सैद्धान्तिक स्वरुपदेखि समकालीन नेपाली कथाका मूल  प्रवृत्ति र विशेषतासम्मका समालोचकीय आलेखभित्र समलोचना–धर्मको एउटा नयाँ पाटो  उघि्रए जस्तो लाग्यो। उत्तर आधुनिक चेतनाले लेखिएका प्रत्येक लेखभित्र नेपाली साहित्यमा माहत्वपूर्ण योगदान दिने व्यक्तिका कृतिको चिरफारमात्र भएको छैन  परम्परागत समालोचनाभन्दा फरक दृष्टिकोण राखेर लेख्ने शैलीको पनि विकास भएको अनुभव  भयो।

तेस्रो आयाम लीला लेखनः समानता र असमानता होस् कि सुकरातका पाइलाः  निरङकुशता र आतङकको दुःखान्त कथा होस् वा समय र त्रासदीः यथार्थ र स्वैरकल्पनाको  सम्मिश्रण होस् अथवा बहुलवादी ‘टुडाल’मा आँखा बल्झिदा नै किन नहोस् प्रत्येकभित्र  दर्शन, ज्ञान, विज्ञान, भूगोल, इतिहास, बदलिएको मानवमूल्य र यौनका कुरालाई प्रस्तुत  गर्ने तौर तरिका नै आकर्षक छन्। लीला लेखनलाई हामीले उत्तरआधुनिक लेखन वा  विनिर्माणवादी लेखनको रुपमा मान्दै आएका थियौं। तर डा. कुमारले एउटा नयाँ बाटो  देखाउँदै भने–लीला लेखन उत्तरआधुनिकको जग हो तर सबै उत्तरआधुनिक लेखनहरू लीला  लेखनमा अटाउँन सक्तैनन्।

उनको यो भनाइले के देखायो भने–लीला लेखन बुद्धि र  तर्कमा निर्भर नभैकन आत्मपरकतामा आधारित हुने भयो। मान्छेका धारणा र विश्वास अन्तिम  सत्य हुन सक्तैन। यो पूर्वीय र पश्चिमी दर्शनको सम्मिश्रणको व्याख्या हो।

यस्तै  सुकरातका पाइला उपन्यासको प्रतिबिम्बलाई सुन्दर ढङ्गले व्याख्या गरेका छन्। वर्तमान  नेपालको राजनीतिक, शै212िक, सामाजिक, आर्थिक दृष्टिकोणबाट हेरेर उपन्यासलाई चिरफार  पारेका छन्। विश्वविद्यालयमा हुने शै212िक मर्यादा विपरीतका आचरण, अनावश्यक  राजनीतिक हस्त212ेप, विद्यार्थीवर्गका अराजक क्रियाकलाप आदिले आजको शै212िक 212ेत्र  मूल्यहीन र दिशाहीन हुँदै गएको यथार्थलाई व्याख्या र विश्लेषण गरेर देखाएका छन्।  उत्तरआधुनिकवादको कसिमा घोटिएको उपन्यासका बारेमा डा. कुमारको भनाइछ– ”यो वैचारिक  स्वतन्त्रता, वैचारिक बहुलता, वैचारिक समानता र सामञ्जस्यलाई महत्व दिने समन्वयवादी  वैचारिक गाम्भीर्य भएको उपन्यास हो………..यो विचारको निरङकुशता हुनुहुँदैन  भन्ने चिन्तनलाई प्रस्तुत गरिएको बहुलवादी उपन्यास हो। वैचारिक स्वतन्त्रताका लागि  कहिल्यै नझुक्ने बरु विष खाएर हाँसी–हाँसी मर्न तयार हुने प्राचीन ग्रीसका दार्शनिक  सुकरातको दर्शनलाई नेपालको समसामयिक र अधिनायकवादी विचार लाद्न खोज्ने एकल र  सङकुचित विचार बोक्ने राजनीतिक शक्तिसँग तुलनीय प्रतिरोधमा लेखिएको यो दार्शनिक  उपन्यास हो।”

डा. गोविन्दराज भट्टराईद्वारा लेखिएको यो उपन्यास मैले पनि  पढेको छु तर यति गहिरोसँग डुबुल्की मारेर बुझ्ने कोसिस मैले कहिल्यै पनि गरिन,  अहिले यो समालोचनात्मक आलेख पढेपछि फेरि पनि त्यो उपन्यास पढुँ–पढुँ लागेको छ।

अर्को उपन्यास कृष्ण धरावासीको ‘टुँडाल? को व्याख्या पनि मलाई मन पर्यो।डा  कुमारले उपन्यासलाई आधुनिक र उत्तरआधुनिक दुवै पाटाबाट विश्लेषण गरेका  छन्।यथार्थवादी–प्रकृतिवादी,नारीवादी, अस्तित्ववादी,उत्तरसंरचनावादी, आदि हरेक  प्रवृत्तिका सँचामा ढालेर केस्रा– केस्रा केलाइएको छ।यिनले टुँडाल’ को प्रयोगको  युगीन अर्थ निकालेका छन्।टुँडालका रतिक्रिडारत आकृतिले महिलालाई मात्र नाङगो  बनाएको, नारी यौनाङगमाथि पुरुषले मनपरी गरेको,नारीको रुचिलाई ध्यान नदिएको,नारीको  विवशता झल्काएको आदि। लेखक धरावासीले जुनसुकै दृष्टिकोणबाट लेखे पनि डा कुमारको  व्याख्या चाख लाग्दो छ। मूलत: प्रस्तुत आख्यान विमर्श समालोचनाको सैद्धान्तिक  परम्परामा एउटा बेग्लै बाटो निर्माण गर्दै नेपाली साहित्यमा उदाएको महत्वपूर्ण कृति  हो। मेले पढेको अनुभवका आधारमा भन्ने हो भने–यो कृति परम्परालाई तोडेर एउटा अर्कै  कोसेढुङगा सावित भएको छ।

प्रज्ञा प्रतिष्ठान सबैको साझा थलो बन्नुपर्छ-वैरागी काइला
साहित्यिक लेखनमा ईन्द्रबहादुर राई र ईश्वर वल्लभसँग मिलेर तेस्रो आयामलाई अघि बढाएपछि चर्चामा आएका पाँचथरका तिलविक्रम नेम्वाङ यतिबेला नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति छन्। रहरले लेख्न थालेको बताउने उनी बाहिर रहँदा प्रतिष्ठानका धेरै कमीकमजोरी देख्थे। अहिले पनि उनी पूर्ण सन्तुष्ट भने छैनन्। प्रतिष्ठानको फराकिलो कार्यक्षेत्र र सरकारको साँघुरो अनुदानका कारण भनेजस्तो गर्न नपाएको उनको गुनासो छ। प्रतिष्ठानका कूलपति उनै वैरागी काइलासँग अन्नपूर्णकर्मी गोपीकृष्ण ढुंगानाले गरेको साहित्यिक वार्ता ः

१. अचेल के लेखिरहनुभएको छ?

केही लेखेको छैन भने हुन्छ। साहित्यकारहरु आउँछन्, उनका कृतिमा शुभकामना मन्तव्य लेखिमाग्छन्, कोही पत्रपत्रिकाको कामले आउँछन्। यही भनेर केही पढ्न पनि भ्याएको छैन। जे भेट्छु त्यही पढ्छु। विषय वृहद छ साहित्यको। गम्भीरतापूर्वक पढे लेखेको छैन।

२. लेखनमा केलाई केन्द्रविन्दू बनाउनु हुन्छ?

दोस्रो जनआन्दोलनपछि दुई वर्ष कविता लेखें। आजसम्म जेजति लेखें ती सबैलाई भेला गरेर विधागत रुपमा छुट्याउने काममा छु। यो काम थालेको पनि डेढ वर्ष भइसक्यो। सर्सर्ती हेर्दा आठ दसवटा कृति निस्कने रहेछन् । तीन दसकअघिदेखि थालेको पूर्वी नेपालको सांस्कृतिक सम्पदा मानिने लिम्बू जातिको श्रुति परम्पराको पुस्तकमा बढी ध्यान दिएको छु।

३. साहित्यमा कहिले र कसबाट प्रेरित हुनुभयो?

कसबाट कसरी प्रेरित भएँ भन्न सक्दिनँ। ढाँटेको जस्तो होला, गफ गरेजस्तो होला। तर दार्जिलिङ, बनारसबाट निस्कने बालमण्डल, युगवाणीजस्ता साहित्यिक पत्रिकामा नाम छपाउने रहरले सुरु भएको हो। कति त अरुका सारेर पनि छाप्न पठाइयो होला। छापिएपछि रहरलाई बढाएर लेख्न बल गर्न थालें। गोष्ठीमा जाने, साहित्यकारसँग भेटघाट गर्ने, पत्रपत्रिका र पुस्तक अध्ययन गर्ने क्रम बढ्यो। सामाजिक रुपान्तरणमा निकै ठूलो काम हुनेरहेछ भन्ने बुझेपछि साहित्यमा होमिएँ। अहिले बुझ्दा व्यावहारिक दृष्टिले त त्यो भावनाले काम नदिँदोरहेछ तर पनि नराम्रो काम सोचिएन छ भन्ने निष्कर्षमा छु।

४. तिलविक्रम नेम्वाङ र वैरागी काइलाबीच के फरक छ?

सन् १९६१ तिर उपनाम थपियो। यो पनि फेसन नै थियो। त्यो बेला सबैले उपनाम राख्थे। कोही आँसु लेख्थे त कोही पागल। लेख्नुको पछाडि छद्म भेष धारण गरेको होइन मैले। तर अहिले अप्ठेरो भएको छ। सामाजिक र कानुनी कामका लागि तिलविक्रम नेम्वाङ चाहिन्छ। अनि साहित्यिक र सांस्कृतिक पहिचानका लागि वैरागी काइला। दुईवटा नामले हस्ताक्षर गर्ने बेलामा धेरै झुक्किएको छु। बैंकमा अर्को हस्ताक्षर गरेर कतिपटक चेक च्यात्नु परेको छ।

५. साहित्यिक जीवन बाँचेका राजनेता भन्छन्, साहित्य राजनीतिको हतियार हो, के साँच्चै हो?

होला पनि। वास्तवमा साध्य र साधन दुवै हो साहित्य। सामाजिक रुपान्तरणमा निकै ठूलो भूमिका खेल्छ यसले। भारतमा गुरुले कविता सुनाएकै भरमा क्रान्तिमा होमिएका कुरा पढेको छु। आफ्नो लाभका लागि जसले जे पनि गर्न सक्छन् । आफूलाई प्रगतिशील भन्ने मित्रहरुले माक्र्सवादीय चिन्तनका आधारमा साहित्यलाई आफ्नो विचारको संवाहकको रुपमा पनि प्रयोग गरिरहेकै छन्। व्याप्त वर्गीय भेदभावले सिर्जित समस्यालाई निमिट्यान्न पार्न भूमिका खेल्छ भन्ने उहाँहरुको आग्रह नै हो। विद्धान साहित्यकारहरु साहित्यलाई राजनीतिबाट मुक्त पार्नुपर्छ भन्नेमा छन्। त्यो दलको विचारमात्र बोक्ने साहित्य हो भन्नेहरु पनि छन्। तर यी दुवैमा आंशिक सत्यता छ। दलका लागि साहित्य लेखेर भरियाचाँही बन्नु हुँदैन। सन्तुलित पार्नुपर्छ।

६. मनपर्ने विधा कुन हो, किन?

मेरो लेखनको मूलविधा चाँही कविता नै हो। मनपर्ने भएरै होला कविता लेख्छु। तर हिजोआज लेखनीको समीक्षा गर्दा गद्य लेख नै बढी पाइरहेको छु। मनपर्नुको एउटै कारण मान्छेले अनुभव र अनुभूति गरेका कुरा र भावलाई विम्व, अलंकार र प्रतिकका माध्यमबाट थोरैमा धेरै अभिव्यक्त गर्न सकिन्छ। तर किटान गरेर भन्न सक्दिनँ, किनकी मेरोजस्तो अल्पज्ञानले किटान गर्न सक्दैन। पढ्ने कुरामा सिद्धान्त र दर्शनका पुस्तकमा रुची छ।

७. तपाइका कवितामा पाइएका विम्व, प्रतिक र अलंकारले वर्तमानलाई कसरी परिभाषित गर्छ?

कविता उपन्यासजस्तो लामो ढंगले भन्ने विधा होइन। काव्यात्मक संरचना उपमा, अलंकार, प्रतिक आदिमार्फत् भन्न सकिन्छ, भन्नुपर्ने अवस्था पनि आउँछ। लामो विषयलाई छोटोमा भन्नुपर्दा यिनको प्रयोग गरिन्छ। तर यिनको छनोट परिवेश र समयमा मिल्ने गरी गर्नुपर्छ। सामाजिक उतारचढावको आँगनमा टेकेर लेखेपछि उपयुक्त हुन्छ नै, नत्र समयबाट विच्छिन्न हुन्छन् ती। सबै रुपमा प्रासंगिक हुने ढंगले लेख्नुपर्छ।

८. साहित्यको इतिहासमा तेस्रो आयामको छुट्टै महत्व छ, यसको वर्तमान अवस्था के छ ?

तेस्रो आयाम निकाल्दा महान साहित्यकारहरुले लेखेका बाहेक सबै साहित्यकारमा त्यस्तो गाम्भीर्यता थिएन। वस्तुमा लम्बाई, चौडाई, उचाई वा गहिराई भएमात्र त्यो पूर्ण हुन्छ भन्ने हाम्रो मान्यता हो। सबैको हुनसक्ने विषय लेखिनुपर्छ भन्ने मान्यता हो। वैचारिक हिसाबले पनि सान्दर्भिक हुनुपर्यो। आयामका हामी तीनमध्ये ईश्वर वल्लभ बित्नुभयो, मैले लेख्न छोडें। दार्जिलिङमा बसेर ईन्द्रबहादुर राईले तेस्रो आयामलाई समयानुकूल माझ्दै केही अघि बढेर लीला लेखनतिर लम्किनुभयो। यो पनि ठिक छ। किनकी विचार सधैं एउटै गतिले अघि बढ्न सक्दैन। मैले पनि सैद्धान्तिक रुपले छोडेको होइन, सिर्जनात्मक लेखनको मूल मबाट सुक्दै गएको छ।

९. प्रज्ञा प्रतिष्ठान प्रवेश गर्नुअघि कसरी मूल्यांकन गर्नुहुन्थ्यो?

प्रतिष्ठानबाहिर रहँदा साहित्यकारले जे मूल्यांकन गर्छन् म पनि त्यो भन्दा फरक रहिनँ। ज्ञानको दुनिया हो प्रतिष्ठान। यसले सहित्यलगायत अन्य धेरै क्षेत्रलाई समेटेको छ। स्थापनाकालदेखि केही वर्ष राम्रो चल्यो। बीचमा राम्रो हुन सकेन। अहिलेको मूल्यांकन अरुले गर्ने हो। सरकारी अनुदानमा निर्भर भएर कामको फराकिलो दायरामा लपेटिनु पर्दा समस्या धेरै हुँदारहेछन्। सबै काममा हात हाल्नुपर्ने तर पूर्ण हुन नसक्ने अवस्था छ। त्यसो त राम्रा काम पनि भएका छन्, सन्तुष्टि लिने ठाउँ पनि छन्।

१०. अहिलेको तपाइको नेतृत्वको प्रज्ञा प्रतिष्ठानमा विगतको जस्तो आकर्षण छैन नि ।

प्रजातन्त्रको पुनर्बहालीपछि प्रज्ञा प्रतिष्ठान केही पटक पुनर्गठन भयो। धेरै बुद्धिजीवीले गठनमा चित्त बुझाएको देखेको छैन। जान्ने, सुन्ने विज्ञहरुको अनुसन्धान गर्ने संख्या बढ्यो। तिनलाई ल्याएर प्राज्ञिक चेतनाको सम्बद्र्धन गर्दै प्रतिष्ठान अघि बढ्नुपर्छ। तर त्यो हुन सकेको छैन। प्रतिष्ठानमा आउनेभन्दा बाहिर बस्नेहरु कयौं विद्धान छन्, ख्यातिप्राप्त छन्। उनीहरुसँग समन्वय गरेर काम गर्न सके राम्रो गति दिन सक्छौं। हाम्रो भूमिका संयोजनकारी भयो भने राम्रो हुनेछ।

११. डायस्पोरा साहित्यलाई प्रज्ञा प्रतिष्ठानले कसरी समेट्दैछ?

पठाए प्राप्त भए प्रतिष्ठानको ‘कविता’ मा छापिन्छ। कोष भएसम्म प्राप्त उनीहरुका पुस्तक छापिन्छ। सबै संभव पनि हुन्न। विदेशमा रहेका उनीहरुलाई प्राज्ञ सभाको सदस्य बनाउन सकिन्न। प्रज्ञा प्रतिष्ठानले ठूलो छाति बनाउनैपर्छ, बनाएको जस्तो लाग्छ पनि। समालोचकले पनि दूरदृष्टि राख्नुपर्छ। स्वदेश आएको समयमा सूचना दिए साहित्यकारहरु भेला गराएर अन्तक्र्रिया गराएकै छौं। नत्र को आयो को कहिले गयो कसरी थाहा पाउने?

१२. प्रज्ञा प्रतिष्ठान सबै लेखक साहित्यकारको साझा थलो हो भनिए पनि त्यो हुन नसकेको गुनासो बारम्बार सुनिन्छ नि?

पछिल्लो समयमा आशातीत प्रज्ञा बन्न सकेको छैन। पुनर्गठन गर्दा सरकारलाई दिने सिफारिस समितिले जान्ने कुरो हो यो। साझा बनाउन समितिको भूमिका अहं हुन्छ। दुई चरणमा गरिएको थियो मेरो पालामा गठन। वैचारिक हिसाबले समावेशी होस् भन्ने चाहना हो मेरो पनि। मैले दोस्रो चरणमा त्यो पूरा होला भन्ने अपेक्षा गरेको थिएँ। तर माओवादीका तर्फबाट कोही पठाइएनन्। तर मैले अनुसन्धानका विषयमा समावेशी बनाउने प्रयत्न गरेको छु। कार्यक्रम र योजनाहरुमा पनि समेटेको छु। तर कतिपय योजना बनाउने बेलामा हराउँछन् र अन्तिम समयमा अपेक्षा गर्छन्। त्यस्तो बेला बजेट कसरी बाँड्नु?

१३. प्रज्ञा प्रतिष्ठानको भावी योजना?

प्रतिष्ठानमा आठजना सदस्य भएबमोजिम विभागहरु बाँडेका छौं। सबैले आगामी वर्षका लागि आआफ्नो तहबाट नयाँ कुरा ल्याउँदै हुनुहुन्छ। प्रतिष्ठान विषय, भाषा, साहित्य र संस्कृतिको मात्र होइन। सबै विषय, भाषा, साहित्य र संस्कृतिको साझा थलोको रुपमा उपयोगी हुने खालको बनाउनुपर्छ भन्ने मेरो योजना र ध्याउन्न छ।

१४. र अन्त्यमा…?

सबै बुद्धिजीवी र प्राज्ञिक वर्गलाई प्रज्ञा प्रतिष्ठानप्रति सहानुभूतिपूर्वक अवलोकन गरी कठिनाई, कमीकमजोरी देखाइदिन आग्रह गर्दछु। राम्रो कामहरुलाई जनसमक्ष पुयाइदिए काममा हौसला बढ्ने अपेक्षा गरेको छु। नराम्रो भए टिप्पणी होस्, हामीलाई सुधार्ने मौका मिल्छ।

प्रज्ञा प्रतिष्ठान सबैको साझा थलो बन्नुपर्छ

साहित्यिक लेखनमा ईन्द्रबहादुर राई र ईश्वर वल्लभसँग मिलेर तेस्रो आयामलाई अघि बढाएपछि चर्चामा आएका पाँचथरका तिलविक्रम नेम्वाङ यतिबेला नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति छन्। रहरले लेख्न थालेको बताउने उनी बाहिर रहँदा प्रतिष्ठानका धेरै कमीकमजोरी देख्थे। अहिले पनि उनी पूर्ण सन्तुष्ट भने छैनन्। प्रतिष्ठानको फराकिलो कार्यक्षेत्र र सरकारको साँघुरो अनुदानका कारण भनेजस्तो गर्न नपाएको उनको गुनासो छ। प्रतिष्ठानका कूलपति उनै वैरागी काइलासँग अन्नपूर्णकर्मी गोपीकृष्ण ढुंगानाले गरेको साहित्यिक वार्ता ः

१. अचेल के लेखिरहनुभएको छ?

केही लेखेको छैन भने हुन्छ। साहित्यकारहरु आउँछन्, उनका कृतिमा शुभकामना मन्तव्य लेखिमाग्छन्, कोही पत्रपत्रिकाको कामले आउँछन्। यही भनेर केही पढ्न पनि भ्याएको छैन। जे भेट्छु त्यही पढ्छु। विषय वृहद छ साहित्यको। गम्भीरतापूर्वक पढे लेखेको छैन।

२. लेखनमा केलाई केन्द्रविन्दू बनाउनु हुन्छ?

दोस्रो जनआन्दोलनपछि दुई वर्ष कविता लेखें। आजसम्म जेजति लेखें ती सबैलाई भेला गरेर विधागत रुपमा छुट्याउने काममा छु। यो काम थालेको पनि डेढ वर्ष भइसक्यो। सर्सर्ती हेर्दा आठ दसवटा कृति निस्कने रहेछन् । तीन दसकअघिदेखि थालेको पूर्वी नेपालको सांस्कृतिक सम्पदा मानिने लिम्बू जातिको श्रुति परम्पराको पुस्तकमा बढी ध्यान दिएको छु।

३. साहित्यमा कहिले र कसबाट प्रेरित हुनुभयो?

कसबाट कसरी प्रेरित भएँ भन्न सक्दिनँ। ढाँटेको जस्तो होला, गफ गरेजस्तो होला। तर दार्जिलिङ, बनारसबाट निस्कने बालमण्डल, युगवाणीजस्ता साहित्यिक पत्रिकामा नाम छपाउने रहरले सुरु भएको हो। कति त अरुका सारेर पनि छाप्न पठाइयो होला। छापिएपछि रहरलाई बढाएर लेख्न बल गर्न थालें। गोष्ठीमा जाने, साहित्यकारसँग भेटघाट गर्ने, पत्रपत्रिका र पुस्तक अध्ययन गर्ने क्रम बढ्यो। सामाजिक रुपान्तरणमा निकै ठूलो काम हुनेरहेछ भन्ने बुझेपछि साहित्यमा होमिएँ। अहिले बुझ्दा व्यावहारिक दृष्टिले त त्यो भावनाले काम नदिँदोरहेछ तर पनि नराम्रो काम सोचिएन छ भन्ने निष्कर्षमा छु।

४. तिलविक्रम नेम्वाङ र वैरागी काइलाबीच के फरक छ?

सन् १९६१ तिर उपनाम थपियो। यो पनि फेसन नै थियो। त्यो बेला सबैले उपनाम राख्थे। कोही आँसु लेख्थे त कोही पागल। लेख्नुको पछाडि छद्म भेष धारण गरेको होइन मैले। तर अहिले अप्ठेरो भएको छ। सामाजिक र कानुनी कामका लागि तिलविक्रम नेम्वाङ चाहिन्छ। अनि साहित्यिक र सांस्कृतिक पहिचानका लागि वैरागी काइला। दुईवटा नामले हस्ताक्षर गर्ने बेलामा धेरै झुक्किएको छु। बैंकमा अर्को हस्ताक्षर गरेर कतिपटक चेक च्यात्नु परेको छ।

५. साहित्यिक जीवन बाँचेका राजनेता भन्छन्, साहित्य राजनीतिको हतियार हो, के साँच्चै हो?

होला पनि। वास्तवमा साध्य र साधन दुवै हो साहित्य। सामाजिक रुपान्तरणमा निकै ठूलो भूमिका खेल्छ यसले। भारतमा गुरुले कविता सुनाएकै भरमा क्रान्तिमा होमिएका कुरा पढेको छु। आफ्नो लाभका लागि जसले जे पनि गर्न सक्छन् । आफूलाई प्रगतिशील भन्ने मित्रहरुले माक्र्सवादीय चिन्तनका आधारमा साहित्यलाई आफ्नो विचारको संवाहकको रुपमा पनि प्रयोग गरिरहेकै छन्। व्याप्त वर्गीय भेदभावले सिर्जित समस्यालाई निमिट्यान्न पार्न भूमिका खेल्छ भन्ने उहाँहरुको आग्रह नै हो। विद्धान साहित्यकारहरु साहित्यलाई राजनीतिबाट मुक्त पार्नुपर्छ भन्नेमा छन्। त्यो दलको विचारमात्र बोक्ने साहित्य हो भन्नेहरु पनि छन्। तर यी दुवैमा आंशिक सत्यता छ। दलका लागि साहित्य लेखेर भरियाचाँही बन्नु हुँदैन। सन्तुलित पार्नुपर्छ।

६. मनपर्ने विधा कुन हो, किन?

मेरो लेखनको मूलविधा चाँही कविता नै हो। मनपर्ने भएरै होला कविता लेख्छु। तर हिजोआज लेखनीको समीक्षा गर्दा गद्य लेख नै बढी पाइरहेको छु। मनपर्नुको एउटै कारण मान्छेले अनुभव र अनुभूति गरेका कुरा र भावलाई विम्व, अलंकार र प्रतिकका माध्यमबाट थोरैमा धेरै अभिव्यक्त गर्न सकिन्छ। तर किटान गरेर भन्न सक्दिनँ, किनकी मेरोजस्तो अल्पज्ञानले किटान गर्न सक्दैन। पढ्ने कुरामा सिद्धान्त र दर्शनका पुस्तकमा रुची छ।

७. तपाइका कवितामा पाइएका विम्व, प्रतिक र अलंकारले वर्तमानलाई कसरी परिभाषित गर्छ?

कविता उपन्यासजस्तो लामो ढंगले भन्ने विधा होइन। काव्यात्मक संरचना उपमा, अलंकार, प्रतिक आदिमार्फत् भन्न सकिन्छ, भन्नुपर्ने अवस्था पनि आउँछ। लामो विषयलाई छोटोमा भन्नुपर्दा यिनको प्रयोग गरिन्छ। तर यिनको छनोट परिवेश र समयमा मिल्ने गरी गर्नुपर्छ। सामाजिक उतारचढावको आँगनमा टेकेर लेखेपछि उपयुक्त हुन्छ नै, नत्र समयबाट विच्छिन्न हुन्छन् ती। सबै रुपमा प्रासंगिक हुने ढंगले लेख्नुपर्छ।

८. साहित्यको इतिहासमा तेस्रो आयामको छुट्टै महत्व छ, यसको वर्तमान अवस्था के छ ?

तेस्रो आयाम निकाल्दा महान साहित्यकारहरुले लेखेका बाहेक सबै साहित्यकारमा त्यस्तो गाम्भीर्यता थिएन। वस्तुमा लम्बाई, चौडाई, उचाई वा गहिराई भएमात्र त्यो पूर्ण हुन्छ भन्ने हाम्रो मान्यता हो। सबैको हुनसक्ने विषय लेखिनुपर्छ भन्ने मान्यता हो। वैचारिक हिसाबले पनि सान्दर्भिक हुनुपर्यो। आयामका हामी तीनमध्ये ईश्वर वल्लभ बित्नुभयो, मैले लेख्न छोडें। दार्जिलिङमा बसेर ईन्द्रबहादुर राईले तेस्रो आयामलाई समयानुकूल माझ्दै केही अघि बढेर लीला लेखनतिर लम्किनुभयो। यो पनि ठिक छ। किनकी विचार सधैं एउटै गतिले अघि बढ्न सक्दैन। मैले पनि सैद्धान्तिक रुपले छोडेको होइन, सिर्जनात्मक लेखनको मूल मबाट सुक्दै गएको छ।

९. प्रज्ञा प्रतिष्ठान प्रवेश गर्नुअघि कसरी मूल्यांकन गर्नुहुन्थ्यो?प्रतिष्ठानबाहिर रहँदा साहित्यकारले जे मूल्यांकन गर्छन् म पनि त्यो भन्दा फरक रहिनँ। ज्ञानको दुनिया हो प्रतिष्ठान। यसले सहित्यलगायत अन्य धेरै क्षेत्रलाई समेटेको छ। स्थापनाकालदेखि केही वर्ष राम्रो चल्यो। बीचमा राम्रो हुन सकेन। अहिलेको मूल्यांकन अरुले गर्ने हो। सरकारी अनुदानमा निर्भर भएर कामको फराकिलो दायरामा लपेटिनु पर्दा समस्या धेरै हुँदारहेछन्। सबै काममा हात हाल्नुपर्ने तर पूर्ण हुन नसक्ने अवस्था छ। त्यसो त राम्रा काम पनि भएका छन्, सन्तुष्टि लिने ठाउँ पनि छन्।

१०. अहिलेको तपाइको नेतृत्वको प्रज्ञा प्रतिष्ठानमा विगतको जस्तो आकर्षण छैन नि ।

प्रजातन्त्रको पुनर्बहालीपछि प्रज्ञा प्रतिष्ठान केही पटक पुनर्गठन भयो। धेरै बुद्धिजीवीले गठनमा चित्त बुझाएको देखेको छैन। जान्ने, सुन्ने विज्ञहरुको अनुसन्धान गर्ने संख्या बढ्यो। तिनलाई ल्याएर प्राज्ञिक चेतनाको सम्बद्र्धन गर्दै प्रतिष्ठान अघि बढ्नुपर्छ। तर त्यो हुन सकेको छैन। प्रतिष्ठानमा आउनेभन्दा बाहिर बस्नेहरु कयौं विद्धान छन्, ख्यातिप्राप्त छन्। उनीहरुसँग समन्वय गरेर काम गर्न सके राम्रो गति दिन सक्छौं। हाम्रो भूमिका संयोजनकारी भयो भने राम्रो हुनेछ।

११. डायस्पोरा साहित्यलाई प्रज्ञा प्रतिष्ठानले कसरी समेट्दैछ?

पठाए प्राप्त भए प्रतिष्ठानको ‘कविता’ मा छापिन्छ। कोष भएसम्म प्राप्त उनीहरुका पुस्तक छापिन्छ। सबै संभव पनि हुन्न। विदेशमा रहेका उनीहरुलाई प्राज्ञ सभाको सदस्य बनाउन सकिन्न। प्रज्ञा प्रतिष्ठानले ठूलो छाति बनाउनैपर्छ, बनाएको जस्तो लाग्छ पनि। समालोचकले पनि दूरदृष्टि राख्नुपर्छ। स्वदेश आएको समयमा सूचना दिए साहित्यकारहरु भेला गराएर अन्तक्र्रिया गराएकै छौं। नत्र को आयो को कहिले गयो कसरी थाहा पाउने?

१२. प्रज्ञा प्रतिष्ठान सबै लेखक साहित्यकारको साझा थलो हो भनिए पनि त्यो हुन नसकेको गुनासो बारम्बार सुनिन्छ नि?

पछिल्लो समयमा आशातीत प्रज्ञा बन्न सकेको छैन। पुनर्गठन गर्दा सरकारलाई दिने सिफारिस समितिले जान्ने कुरो हो यो। साझा बनाउन समितिको भूमिका अहं हुन्छ। दुई चरणमा गरिएको थियो मेरो पालामा गठन। वैचारिक हिसाबले समावेशी होस् भन्ने चाहना हो मेरो पनि। मैले दोस्रो चरणमा त्यो पूरा होला भन्ने अपेक्षा गरेको थिएँ। तर माओवादीका तर्फबाट कोही पठाइएनन्। तर मैले अनुसन्धानका विषयमा समावेशी बनाउने प्रयत्न गरेको छु। कार्यक्रम र योजनाहरुमा पनि समेटेको छु। तर कतिपय योजना बनाउने बेलामा हराउँछन् र अन्तिम समयमा अपेक्षा गर्छन्। त्यस्तो बेला बजेट कसरी बाँड्नु?

१३. प्रज्ञा प्रतिष्ठानको भावी योजना?

प्रतिष्ठानमा आठजना सदस्य भएबमोजिम विभागहरु बाँडेका छौं। सबैले आगामी वर्षका लागि आआफ्नो तहबाट नयाँ कुरा ल्याउँदै हुनुहुन्छ। प्रतिष्ठान विषय, भाषा, साहित्य र संस्कृतिको मात्र होइन। सबै विषय, भाषा, साहित्य र संस्कृतिको साझा थलोको रुपमा उपयोगी हुने खालको बनाउनुपर्छ भन्ने मेरो योजना र ध्याउन्न छ।

१४. र अन्त्यमा…?

सबै बुद्धिजीवी र प्राज्ञिक वर्गलाई प्रज्ञा प्रतिष्ठानप्रति सहानुभूतिपूर्वक अवलोकन गरी कठिनाई, कमीकमजोरी देखाइदिन आग्रह गर्दछु। राम्रो कामहरुलाई जनसमक्ष पुयाइदिए काममा हौसला बढ्ने अपेक्षा गरेको छु। नराम्रो भए टिप्पणी होस्, हामीलाई सुधार्ने मौका मिल्छ।

स्रोत – गोपीकृष्ण ढुंगाना

रेणुकाको फरकखाले सगरमाथा
गजल लेखनको पछिल्लो छिमलमा सशक्त हस्ताक्षरका रूपमा देखापरेकी गजलकार हुन् रेणुका थापा ‘सोलु’ । उनै गजलकारले आफ्नो पुस्तकाकृतिको उपस्थिति देर्खाएकी छिन् । अवसरको सगरमाथा -२०६८) मार्फत् ।

गजलकार थापाले भिन्न भिन्न स्वाद र पृथकपृथक् बान्कीका ५५ थान गजलहरू अवसरको सगरमाथामा सङ्ग्रहित गरेकी छिन् । मानवीय जीवनका आशा-निराशा, उतार-चढाव, दुर्गति-उन्नतिसँगै प्रेम-विरह र विसङ्गत सामाजिक बुनौटका बेग्लाबेग्लै धारहरूमा सलल्ल प्रवाहित छिन् गजलकार । वास्तवमा प्रेम-रोमान्स र सौन्दर्यका ज्यादातर गजल बाढीबीच रेणुकाले बौद्धिक चिन्तन र प्राज्ञिक बहसका कतिपय यस्ता सन्दर्भ उठान गरेकी छिन्, जहाँ धेरैबेरसम्म पाठकहरू अल्भिmरहन रुचाउनेछन् । जस्तो ः

तर्दै थियौँ नदी हामी भेल आयो बीचमा

विछोडरूपी कारागारको जेल आयो बीचमा । -पृष्ठ ४९)

सडकमा बोलेजस्तो सदन स्वाभिमानले

तिम्रै मुद्दा हस्तक्षेपलाई बार बार्न खोइ सक्यौ र Û -पृष्ठ-४५)

राजनीतिकका दुरुह विम्ब, जातीय सोच र संस्कृतिको ज्यादति, समाजका प्रदूषित चिन्तन, वर्गीय विभेदका अन्यायपूर्ण सोच र परिवर्तित जीवनशैलीका थुप्रै विमति विरुद्ध गजलकार सोलुले सटिक र स्निग्ध गजल-गेठी बुनेकी छिन् । खासगरी एउटा शिक्षित र प्रतिबद्ध गजलकार भएकोले हुनुपर्छ उनी वैयक्तिक स्वार्थ सञ्जालको माछा माछा भनेर भ्यागुतो समाउन लगाउने प्रवृत्तिबाट मुक्त छिन् । अनि लोकतान्त्रिक चिन्तन र प्रजातान्त्रिक सोच, संस्कारको पहरेदारी गर्दै उनी समग्र मुलुकको मुहार फेर्नुपर्ने कुरामा विश्वस्त हुँदै भन्छिन् ः

घमण्डले फुलेका छौँ तिम्रा दिन फिरेपछि

झुपडीलाई भुल्यौ कठै सिंहदरबार छिरेपछि

-पृष्ठ-२८)

खडेरीमा पानी दिनू

आँखाभरि नानी दिनू

राष्ट्रप्रेमी नेता देशका

जनता भाग्य मानी दिनू ।

-पृष्ठ-४३)

यसरी गजलको क्षेत्रमा तन्मय, प्रतिबद्ध र फरक सोचका साथ अघि बढिरहेकी गजलकार रेणुकाको जे जति सम्भावना र सतप्रयत्न उनका सिर्जना देखिएको छ, त्यसले उनलाई पहिलो कृतिको प्रकाशनका वावजुद धेरै चीज दिएको कुरामा शङ्का छैन । गजलकार रेणुकाको उपस्थिति ढिलै भए पनि एउटा उल्लेखित सम्भावनाका अर्थमा भविष्यमा व्याख्या हुने प्रशस्त आधारहरू सङ्ग्रहमा पाइन्छन् । त्रिविविका सह-प्रकाशन केशव पौडेलद्वारा प्रकाशित कृतिको मूल्य ७५ रुपियाँ मात्र राखिएको छ । सुन्दर बस्नेतको आवरण सुन्दर नै छ ।

पृथ्वी शेरचनका तीन कृति -वसन्त सापकोटा
सिद्धार्थनगर-१३, रूपन्देहीका स्रष्टा पृथ्वी शेरचनले एकैसाथ तीन कृति प्रकाशित गरेका छन् । भीमखोला बहुलाउँदा -नाटक), चीन भ्रमणको डायरी र सोभियत युनियन र बलगेरिया भ्रमणको डायरी -दुई नियात्रासङ्ग्रह) स्रष्टा शेरचनका प्रकाशित कृति हुन् ।

‘भीमखोला बहुलाउँदा’ नाटक कृति कालीगण्डकीको सेरोफेरो र स्थानीयबासीका पीडा, मर्म एवं उहापोहले सिर्जित नाट्य कृति हो । सर्सर्ती हेर्दा तत् क्षेत्रवासीका समस्या र उच्छवास भए पनि कृतिले आमनेपालीका मझधार पीडालाई सटिक तवरबाट उठाएको छ । आम समस्याहरू जुन जतिखेर पनि बाढीका रूपमा भित्रिएर औसत मानिसका सपनाहरू बगाउन सक्छ भन्ने साङ्केतिक सोचले भरिपूर्ण छ नाट्यकृति । जातिपाती समस्या, धनी-गरिब मानसिकतासँगै शिक्षा, रोजगार, अनेकन् घरायसी समस्या सिर्जित विम्ब उठान गर्दै नाटककार शेरचनले सबैका लागि सधैँका लागि मानवीय सत्कर्मको खाँचोलाई साथ दिनुपर्ने सन्देशलाई प्रष्ट्याएका छन् ।

यता चीन भ्रमणको डायरी र सोभियत युनियन एवं बलगेरिया भ्रमणको दुवै डायरी शीर्षकीय मर्म अनुसार चीन, सोभियत सङ्घ र बलगेरियाकै सेरोफेरोमा केन्दि्रत छन् । कृतिको शीर्षक डायरीका रूपमा लिपिबद्ध गरिए पनि नियात्रा शैलीमा लेखिएका छन् । अत्यन्तै सरल एवं सुरुचिपूर्ण लेखन शैलीका कारण नियात्राकार शेरचनले पाठकलाई चीन भ्रमणको डायरी पढ्दा त्यतैतिर लग्छन् भने सोभियत युनियन र बलगेरिया पनि पुर्‍याउँछन् । सोभियत युनियन भ्रमण नियात्राकार शेरचनले बीसको दशकताका नै गरेको कारण कतिपय सन्दर्भ र विषयवस्तु अहिले पढ्दा निक्कै कौतुहलपूर्ण र रोमाञ्चक लाग्छन् नै । अझ चीनको भ्रमण त नियात्राकार शेरचनले त्यसअघि नै गरेका कारण तत्परिवेशदेखि अहिलेको चीनको उन्नति एवं प्रगति आफैँमा अनौठो र लोभलाग्दो लाग्छ । श्रीमती शान्तादेवी शेरचनद्वारा तीनवटै कृति प्रकाशित गरिएको हो ।

नयाँ जूनबाट खसेका पुराना किरण
उसको असली नाम हुन्छ, तुलसीप्रसाद सिग्देल। तर, ऊ गजलकार जो हो, मञ्चमा बुरुक्क उपि्र“mदै भन्छ, “म निधन सिग्देल।” त्यसपछि ऊ आफ्नो गजल वाचन गर्छ। त्यस्तै, अर्को आउँछ र उसैगरी बेपत्ताको नाम भन्छ, “म पूर्वेली सुस्केरा।”

एसएलसी पास गरेपछिका दिनमा र आईए पढ्दै गर्दा झापामा हुने अनेक कविगोष्ठीमा पुग्दाका अनुभव हुन् यी। यस्ता नामधारी कथित कविहरूले पढ्ने कविता वा गजलमा कुनै आकर्षण हुन्थेन। लामो लेग्रो तान्यो र ‘रात गर्भिणी भएकी छे, भोलि बिहान छोरो जन्माउँछे’ टाइपका अनेक छोटा वाक्य जखेर जबरजस्ती बनाइएका कविता फलाक्यो। अचम्म त के भने, यस्ताको वाहवाही पनि भएकै हुन्थ्यो। भर्खरै साहित्यको स्वाद लिन थालेको यो पंक्तिकारजस्तो बबुरो पाठकको मन बिथोलिन थालेको थियो। कविताका केही संग्रह र चलेका केही उपन्यास पढेर नेपाली साहित्यप्रति आकषिर्त हुन लागेको त्यसबेला यस्ता टपरटुइयाँका बित्थाको रोइलोबाट भाग्नलाई साहित्यइतरका पुस्तकहरू रोजाइमा पर्न थाले।

साहित्यिक कार्यक्रमबाट विकषिर्त हुन थालेकै बेला झापाको शान्तिनगरमा भाषाशास्त्री महानन्द सापकोटाको स्मृतिमा गरएिको एक कार्यक्रममा जानुपर्ने भयो। स्थानीय कञ्चनजंघा एफएममा कार्यरत रहेकाले सो कार्यक्रममा रेकर्डर बोकेर केही साथीहरूसँग पुगेँ, शान्तिनगर। माथि वर्णन गरेजस्तै दृश्यहरू त्यहाँ पनि देखिन्छन् भन्ने अनुमान छँदै थियो। तिनै अर्थहीन उपक्रमहरू दोहोरएि भने बेलैमा बाटो तताउने सल्लाह गरेरै कार्यक्रम स्थल पुगिएको थियो। केहीबेरको भाषण सुनेर हिँड्ने तरखर गर्दागर्दै कवि गोष्ठी सुरु भयो। केहीले व्यर्थका कविता सुनाए।

बाहिर निस्कन आफ्नो कुर्सीबाट उठ्दै गर्दा खासै नदेखिएको एउटा नयाँ अनुहार मञ्चमा उक्लियो। खिरलिो र अग्लो ज्यान, हँसिलो चेहरा भएको त्यो मान्छे माइक अघिल्तिर उभियो। उसले केही मीठा वाक्य हाँसीहाँसी बोल्यो र कविता वाचन गर्‍यो ः

मेरो एउटा दुस्मन छ

जो मलाई फोहोरजत्तिकै घृणा गर्छ

तर, म उसलाई फूलजत्तिकै मन पराउँछु !

कविको नाम पछि कसैलाई सोधेँ र कापीमा नोट गरेँ, मनु मन्जिल। माथि भनिएका ‘निधन’ र ‘सुस्केरा’हरू भन्दा भिन्न आवाज, शैली, लय र भावमा मनुको कविता सुनेपछि उनका अरू कविता पढ्ने रहर पलायो। त्यो रहर पूरा नहुँदै रेकर्ड गरएिको ‘दुस्मन’ कविता सयौँपटक रेडियोबाट बजाइसकिएको थियो। कारण, उनको कविता मात्र होइन, ‘रसिाइटेसन’ पनि अत्यन्तै प्रभावकारी थियो, जो कवितालाई बोधगम्य बनाउन अत्यावश्यक हुन्छ। कुनै एकदिन लेखक कृष्ण धरावासीको बिर्तामोडस्थित घर पुगेका बेला, मनुको कवितासंग्रह आँधीको आवेग सुटुक्क झोलामा हालेर हिँडेको थिएँ। धरावासीलाई नसोधी बोकेको किताब पढेर फर्काइदिन्छु भन्ने लागेको थियो। तर, अन्य कविताहरू पढेपछि मैले त्यो किताब नफर्काउने निधो गरेँ।

एउटा राम्रो कविता पढेपछि जसरी अर्को कविता पढ्ने रहर हुन्छ, एउटा सुन्दर संग्रह पढेपछि त्यही कवि वा लेखकको अर्को संग्रह पढ्ने रहर पनि बढ्दो रहेछ। तर, कविताका संग्रहहरू कहाँ त्यति सजिलै तयार हुन्छन् र ? कविताहरू पुँजीवादी ‘एसेम्ब्ली लाइन’को तकनिकीबाट उत्पादित हुने ‘कमोडिटी’ होइनन्। त्यसैले धेरै वर्षपछि फेर िउनै मनुको अर्को संग्रह ल्याम्प-पोस्टबाट खसेको जून हात लागेको छ।

कविता लेख्ने उद्यम र कवि हुनुको आफ्नो परचियप्रति गर्व गर्ने मनुले कवितासम्बन्धी आफ्ना धारणा र मान्यता खुलाएर निबन्ध शैलीको भूमिका लेखेका छन्, संग्रहमा। उनलाई मनपर्ने जून, तारा, फूल, आकाश, पानी र केटाकेटीलाई विम्बका रूपमा दोहोर्‍याई-तेहेर्‍याई आफूलाई सम्प्रेषण गरेका छन्। उनका कवितामा विम्ब दोहोरएिकामा टिप्पणी गर्ने मेरा एक साथीले पनि उनका कविता मन पराउँछन्। कारण, उनी जीवनलाई यसरी स्पर्श गरेर लेख्छन् कि मन नपराई रहन मुस्किल छ। जसका लेखनीमा हामीजस्ता साधारण मानिसले आफूलाई आइडेन्टिफाई गर्न सक्छौँ, ती सिर्जनाहरूले हाम्रा मस्तिष्क सुम्सुम्याउँछन्। जस्तो ः हामी कैयौँपटक मनुले कवितामा भनेजस्तो स्थितिमा हुन्छौँ ः

तिम्रो हातबाट

फूल बर्संदैन भन्ने जानेरै पनि

यसपटक

निःसन्देह म नै थिएँ

पहाडको तल उभिएको मान्छे।

जबजब म कुनै पुरानो शिक्षकलाई सम्झन्छु वा बूढा भइसकेका इमानदार प्रोफेसर वा पत्रकार, अचेल मलाई उनको ‘ल्याम्प-पोस्टबाट खसेको जून’को झल्को आउँछ। संग्रहको नामसमेत यसै कवितामार्फत लिइएको छ। लाग्छ, संग्रहमा सबभन्दा राम्रो कविता यसैलाई ठानियो। थाहा छैन, मनुले यो कविता लेख्दा के सम्झेर लेखे वा के भन्न लेखे! तर, हरेकपटक आफ्ना इमानदार श्रमका भरमा अरूका लागि बाँचेको कुनै एउटा बूढो जिन्दगी म देख्छु, त्यसै कविताका हरफहरू सम्झन्छु ः

तर, कसोकसो घाम डुबेपछि म पनि बल्छु धप्प

मातेको साँझ उज्यालिएर मवरपिर िबसेर फिस्स हाँस्छ।

बटुवा आएर घडी हेर्छ मेरै उज्यालामा

कुनै बेघर बालकले काखझैँ सुन्दर

उज्यालो भूमि भेट्छ।

पोखिदिन्छु एकान्तमा म पनि छाती

र कैलैकाहीँ त साँच्चै त्यहीँ कोही आएर बासै बस्छ

कमलाई थाहा छ कि यदाकदा यो

सहरको छेउ

यौटा ल्याम्प-पोस्टबाट लगातार जूनको उज्यालो खस्छ।

कविता जोसुकैले पढ्दैनन्। पढ्न कोही श्रापित पनि छैन। राम्रा कविहरूले त ‘रसिेप्टिभ’ पाठकका लागि कविता लेखेका हुन्छन्। त्यसो भनेर कविता जटिल बनाउनुपर्छ वा ‘जार्गन’हरूमा लेख्नुपर्छ भन्ने छैन। कविता त सरलै राम्रा। जति बुझिने भाषामा लेख्न सक्यो, उति नै राम्रा र सम्प्रेषणीय हुन्छन्, कविता। तर, त्यसो भनिरहँदा, कलाविहीन वाक्यहरूको थुप्रो कविता हुन सक्दैन। हरफहरूबीचमा लय रहेन भने, तिनले कुनै कम्पन पैदा गरेनन् भने वा पाठकका मस्तिष्कमा कुनै चित्र कोरेनन् भने ती कविता हुन सक्दैनन्। मनुका कविताले नयाँ पाठकलाई कविताको यति गुह्य राम्रैसँग बताउन सक्छन्। अर्थात्, नेपाली कविताका नयाँ पाठकले कस्ता कविता राम्रा भनेर जिज्ञासा राखे भने केही राम्रा कविताका पंक्तिमा उनका हरफहरू पनि दह्रैसँग उभ्याइदिए हुन्छ। कुनै नयाँ पाठक विकषिर्त हुने छैनन्। प्रमाणका लागि यी हरफ हुन सक्छन् ः

घोडाको सोचलाई

कुटेर यसरी दास बनाइएको छ,

यसरी लास बनाइएको छ

कि ऊ मुक्ति नै लगामसहितको खोज्छ

स्वर्ग नै तबेलासहितको खोज्छ !

तर, कविताका पुराना पाठक अर्थात् उनका कवितालाई धेरैअघिदेखि हेर्दै आएका पाठकले माथि उल्लेख गरएिको मेरा साथीले गरेजस्तो टिप्पणी गर्न सक्छन्। हो, फूल, जून, आकाश, धर्ती यी सबै सुन्दर चीज हुन्। यिनका प्रयोगले कवितामा कोमलता थप्छन्। कविता यी र यस्तै विम्बहरूका कारण सुन्दर बनेका हुन्छन्। वा, काँढा पन्छाउने भाव, मरुभूमि छिचोल्ने आकांक्षा, सपनाहरू बेचिनबाट जोगाउने जाँगरहरू, यी कविताका अन्य परधिानहरू हुन्। र, यी सबै मनुका कवितामा दोहोरएिका छन्। उनले यत्रो जगत्बाट यीबाहेक अर्थोक केही टिप्ोको भए पनि हुने। सधैँ एकैखाले र उस्तै विम्बहरू प्रयोग गरयिो भने उस्तैउस्तै सिनेमा घरीघरी हेरेर अल्छी लागेजस्तो वा उस्तैखाले गीत दोहोर्‍याएर सुन्दा खिन्न भएजस्तो हुनसक्छ। मनु जतिको सामथ्र्य भएका कविबाट नयाँ विम्बहरूमा अभिव्यक्त भएका उनका भावना र विचारहरू पढ्ने हामीलाई उत्कट चाहना छ।

त्यसैगरी यस संग्रहमार्फत म चाहन्थेँ मनुको यो जूनबाट नयाँ किरण खसेको हेर्न। तर, पुरानै कविताहरू यसमा पनि समेटिएका रहेछन्। यसकारण पनि उनका पुराना पाठक अलि निराश हुन सक्छन्। त्यसैले आँधीको आवेगका उत्कृष्ट मानिएका कविता यसमा राखिएकाले धरावासीको घरबाट सुटुक्क ल्याएको किताब उनैलाई फिर्ता दिने अठोट गरेको छु।

- उज्ज्वल प्रसाईं

ल्याम्प-पोस्टबाट खसेको जून

स्रष्टा : मनु मन्जिल

प्रकाशक : फाइन पि्रन्ट

पृष्ठ : १६+१०२

मूल्य : १९९ रुपियाँ