चर्चित नेपाली यौनकथा-भाग १

काठमाडौ, श्रावण १८ -
नेपाली यौनकथाको परम्परा कस्तो छ ? बिपी कोइराला, भवानी भिक्षु, गोविन्दबहादुर मल्ल ‘गोठाले’, दौलतविक्रम विष्ट, विजय मल्लदेखि अहिलेका कथाकारसम्म यौनकथाको स्थिति कस्तो रह्यो ? बुधबार प्रबुद्धहरूमाझ परिचर्चा गरियो । किरण रिमालले सम्पादन गरेको ‘चर्चित नेपाली यौनकथा-भाग १’ माथि हरि अधिकारी, मञ्जु काँचुली र डा. कृष्णप्रसाद दाहालले टिप्पणी गरेका थिए ।

अधिकारीले कृतिले पुरानोदेखि नयाँ स्रष्टासम्मका यौनकथाले नेपाली यौन साहित्यको परम्प्ारा र प्रवृत्ति बुझ्न सघाउने बताए । काँचुलीले चाहिँ अहिलेसम्मको नेपाली यौन साहित्यको प्रकृति हेर्दा नारीलाई मात्रै यौन पात्र बनाइएको र पुरुषको यौनिकतामाथि नलेखिएको औंल्याइन् । दाहालले कृतिमा केही सम्पादित कृति केही कमजोरी भए पनि यो एउटा अभिलेखको रूपमा आएको बताए ।

पाँच पोखरी बुक स्टोरले बजारमा ल्याएको पुस्तकमा बिपीको ‘चन्द्रवदन’, भिक्षुको ‘पाइप’, गोठालेको ‘बिहे’, तारिणीप्रसाद कोइरालाको ‘रातो स्विटर’, तेजबहादुर प्रसाईंको ‘लभको धुनमा’,  दौलतको ‘एक साँझ’, पोषण पाण्डेको ‘हर्के तामाङको संस्मरण’, कुमार नेपालको ‘शंखको एकोहोरो आवाज’, माधव भँडारीको ‘सुनौदा हाटको एक साँझ’, पुष्कर लोहनीको ‘नांगो अस्तित्व’, विश्वम्भर चञ्चलको ‘लिंग’ र मनु ब्राजाकीको ‘करुणमय’ कथा संग्रहित छन् । यीमध्ये दौलतको २०१८ मा साहित्यक पत्रिका ‘बगैंचा’मा छापिएको ‘एक साँझ’ कथालाई निकै विवादित मानिन्थ्यो । कथा प्रकाशन गरेकोमा तत्कालीन सरकारले पत्रिका सम्पादक पुष्कर लोहनीलाई सात दिन जेल हालेका थिए । चर्चित नेपाली कथाकारका यौन कथालाई एउटै संग्रहमा समेट्ने ध्येयले कृति प्रकाशित गरेको सम्पादक किरण रिमालले बताए ।

About the Author

admin has written 1434 stories on this site.

Write a Comment

Gravatars are small images that can show your personality. You can get your gravatar for free today!

Copyright © 2014 pratinidhi belgium प्रतिनिधि बेल्जियम. All rights reserved. Desgin by

275059 visits since 29 March 2010