जयेन्द्र प्रसाई साहित्य पुरस्कार कवि पोखरेललाई

भद्रपुर, भदौ  १९। समालोचक गणेशबहादुर प्रसाईँले शुक्रबार झापाको विर्तामोडमा आयोजित समारोहमा कवि सुमन पोखरेललाई यस वर्षको जयेन्द्रप्रसाद प्रसाईँ साहित्य पुरस्कार प्रदान गर्नुभयो।
कवि पोखरेलद्वारा लिखित जीवनको छेउबाट नामक कृतिका लागि दिइएको सो पुरस्कार रु १५ हजार १११ र प्रशंसापत्र रहेको छ।
यसैगरी मेची अञ्चलमा महिला पत्रकारिता क्षेत्रमा उत्कृष्ट कार्य गरेकोमा महिला पत्रकार इन्दू पूर्वेलीलाई कवि एवम् प्राज्ञ कृष्णभूषण वलले धनमाया महिला पत्रकारिता पुरस्कार स्वरुप रु.सात हजार १११ र प्रशंसापत्र प्रदान गर्नुभयो।
समारोहमा नेपाली लेखक सङ्घ झापाका अध्यक्ष कृष्ण बराल, नेपाली साहित्य विकास समितिका अध्यक्ष केशव आचार्य, साहित्यकारहरु रोहिणीविलास लुइँटेल, कोमलप्रसाद पोखरेल, विवश पोखरेल, खेम नेपाली, समाजसेवीद्वय मातृकाप्रसाद प्रसाईँ र खगेन्द्र प्रसाईँले साहित्यिक गतिविधिलाई अघि बढाउन पुरस्कार दिने प्रथाले पनि सहयोग पुर्‍याउने विचार प्रकट गर्नुभयो।
समारोह जयेन्द्रप्रसाद प्रसाईँ साहित्य सेवाकोषका अध्यक्ष गोपीकृष्ण प्रसाईँको सभापतित्वमा भएको थियो।

About the Author

admin has written 1365 stories on this site.

Write a Comment

Gravatars are small images that can show your personality. You can get your gravatar for free today!

Copyright © 2014 pratinidhi belgium प्रतिनिधि बेल्जियम. All rights reserved. Desgin by

259243 visits since 29 March 2010